

अत्तरिया- नेकपा एमालेकाे ३ महिने जरा अभियान अन्तर्गत चुरे गाउँपालिकाको वडा नं. १ मा ५ वटा टाेल निर्धारण गरिएको छ ।




शनिबार गाउँपालिकाको वडा नं. १ को सायल, घरखेडा, निगाली, सल्लि बजार र चटकपुर गरि ५ वटा टाेल निर्धारण गरेको छ । टोल निर्धारण गर्ने काम प्रदेश सदस्य तथा चुरे ईन्चार्ज धन बहादुर राक्का मगरकाे प्रमुख अतिथिमा सम्पन्न गरिएको हो ।


उक्त टोल निर्धारण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी लगायतको उपस्थिति रहेकाे थियो ।

