छिमेक लघुवित्त वित्तीय संस्था कोहलपुर क शाखा कार्यालयको ग्राहक सुनुवाइ तथा इकाई भेला सम्पन्न

“ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार” भन्ने मूल नाराका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर क शाखा कार्यालयको मिति २०८१ साल फागुन १५ गते ग्राहक सुनुवाइ तथा इकाई भेला भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालकै उत्कृष्ट लघुवित्त वित्तीय संस्थाहरू मध्ये एक मानिने छिमेक लघुवित्तले यस कार्यक्रम मार्फत ग्रामीण विकासमा आफ्नो योगदानलाई पुनः प्रमाणित गरेको छ । कार्यक्रमको सुरुवात कोहलपुर क शाखाका शाखा प्रबन्धक श्री संकल्प लामिछानेले कार्यक्रम सुरुवात गरेपछि शाखा कार्यलयको कर्मचारीहरू साथै प्रादेशिक कार्यालय लुम्बिनी र केन्द्रिय कार्यालयबाट आउनु भएको अतिथिहरूले परिचय गरेपछि शाखा प्रबन्धक श्री संकल्प लामिछानेले संस्थाको २०८१ माघ मसान्त सम्मको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले संस्थाको प्रगति र गतिविधिहरू बारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका प्रदेश प्रबन्ध रामनाथ महतोको विशेष उपस्थिति रहेको थियो । उनले छिमेक लघुवित्तमा आबद्ध भएका सदस्यहरूलाई नेपालमा लघुवित्त वित्तीय संस्थाको भूमिका र आवश्यकताको बारेमा जानकारी दिँदै गरिब सदस्यहरूलाई सँस्थाले गरेको सहयोगबारे पनि व्याख्या गरेका हुन् । 

उनले संस्थाको सामाजिक उत्तरदायित्व र सदस्यहरूको आर्थिक सशक्तीकरणमा केन्द्रित गतिविधिहरूबारे पनि प्रकाश पारेका छन् । साथै केन्द्रिय कार्यालय प्रतिनिधी प्रेम नायजुले गरिब तथा विपन्न वर्गका सदस्यहरुलाई अझ वढी वित्तिय साक्षरताको आवश्यकता र महत्व रहेको वारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा छिमेक लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत सन्जय राज विष्टले छिमेकले दिने सेवा सुविधाको वारेमा जानकारी दिएका हुन् । त्यस्तै राजेन्द्र पन्थ बाट कर्जा तथा ब्याज दर र सूचना तथा प्रविधि सहायक रुपेश राज पन्थले छिमेकले ल्याएको डिजिटल कार्यक्रमको बारेमा जानकारी प्रदान गरेका छन् । 

कार्यक्रमको अन्त्यमा १० वटा उत्कृष्ट समूहलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो भने उक्त समूहका १० जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको थियो । साथै, उत्कृष्ट ३ जना सफल व्यवसायी सदस्यहरु लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी २०८० को एसइइ परीक्षामा उत्कृष्ट जिपिए ल्याउन सफल भएका संस्थामा आवद्ध सदस्यको २ जना लाई १५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा २ जना सदस्यहरूका छोरीहरुले नृत्य प्रस्तुत गरेका थिए भने उनीहरूलाई शुभकामना सहित नगद पुरस्कार प्रदान गरिएको थियो । यस कार्यक्रमले छिमेक लघुवित्त वित्तीय संस्थाको सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिमा गरेको योगदानलाई प्रकाशमा ल्याएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था नेपालकै उत्कृष्ट लघुवित्त संस्थाको रूपमा परिचित यस संस्थाले गरिब तथा आर्थिक रूपमा कमजोर वर्गलाई आर्थिक सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

Loading...