अत्तरियामा सामाजिक जवाफ देहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया, १५ भदौ- कैलालीको अत्तरियामा सामाजिक जवाफ देहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार (आज) सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको समन्वयमा प्याक्ट नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Ganyapdhura gau

नगरपालिका स्तरिय रुपमा बिगतदेखी नै सामाजिक जवाफदेहिताका सवालमा कार्यक्रमहरुको आयोजना गर्दै आई रहेको प्याक्ट नेपालका प्राविधिक सल्लाहकार दुर्लभ कुमार बोगटीले जानकारी दिए ।
बोगटीले गोदावरी नगरपालिकामा पनि जनप्रतिनिधिहरु आएदेखी भए गरेका कामहरु र आगामी कार्ययोजनाका बिषयमा छलफल भएको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बिषेश गरि स्वास्थ्य क्षेत्रको सामाजिक जवाफदेहिता, जवाफदेहिताका नितिगत व्यवस्था तथा सर्वसाधारणले राज्यबाट पाईरहेका सेवासुविधाको बारेमा छलफल गरिदै आएको बोगटीले बताए ।

गोदावरी नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रत्ना कडायतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नगरपालिकाका सुचना अधिकारी शिवराज भाटले गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागीता रहेको थियो ।

Couple
Loading...