

अत्तरिया- कैलालीको गोदावरीमा आफ्नो व्यवसाय औपचारिकीकरण विषयक ३ दिने तालिम सम्पन्न गरेको छ ।


गोदावरी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय तथा ILO EWPN परियोजनाको समन्वयमा सञ्चालित आफ्नो व्यवसाय औपचारिकीकरण गर्नुहोस् (Formulize Your Business) विषयक ३ दिन अवधिको तालिम सम्पन्न गरेको हो ।




गोदावरी नगरपालिकाका प्रवत्ता तथा वडा नं १ का अध्यक्ष गोपालदत्त भट्टको अध्यक्षतामा तालीम सम्पन्न भएको छ ।
उक्त तालिममा विद्युत जडान विषयक ३ महिने अवधिको तालिम लिई व्यवसाय गर्ने तयारीमा रहेका १५ जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा पालिका भित्र रहेका व्यवसायीहरुलाई दर्ता प्रकृयामा ल्याउनका लागि औपचारिकीकरण तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिईएको छ ।
गोदावरी नगरपालिका रोजगार संयोजक रोहित प्रसाद जोशी र सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाकी चम्पा जोशीले तालिममा सहजिकरण गरेकी थिइन् ।

