नगरमा धेरै विद्यालय खोल्ने प्रतिस्पर्धा नगरौं : युवा नेता पाण्डेय

अत्तरिया- युवा नेता लोक राज पाण्डेय (आगो) ले नगर क्षेत्रमा नयाँ विद्यालय खोल्ने प्रतिस्पर्धा भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयहरू आवश्यक रहेको धारणा राख्दै उनले गोदावरी नगरपालिकामा शिक्षा प्रणाली सुधार गर्न संस्कार, संस्कृति र व्यवहारिक शिक्षामा जोड दिनु पर्न आवश्यकता रहेको कुरा शुक्रबार सम्पन्न ज्ञान ज्योति विद्यालयको वार्षिकोत्सव समारोहमा सो कुरा बताएका हुन् ।

Godawari sandesh
Navadurga sun

युवा नेता समाजसेवी लोक राज पाण्डेय (आगो) ले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै, यस विद्यालयले स्थापनाकाल देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आभार व्यक्त गरेका छन् ।

Dadeldhura hospital

उनले नगरपालिकामा अझै पनि धेरै बालबालिका सानै उमेरमा बाबुआमासँग भारत जानु पर्ने बाध्यता रहेको र यसले उनीहरूको अध्ययनमा असर पर्ने भएको छ । त्यसैले, नगरपालिकाले “चाइल्ड केयर सेन्टर” र होस्टेल सहितको सुविधायुक्त व्यवस्थापनको योजना अघि बढाउनु पर्ने सुझाव दिए ।

उनले सरकारी विद्यालयहरूको नतिजा कमजोर हुनु र निजी विद्यालयहरूमा उत्कृष्ट नतिजा आउनु निजी विद्यालयका टिमहरू बढी मिहिनेत गर्ने कारणले भएको उल्लेख गरे । विद्यालयहरूले आफ्नो कर्तव्य नबिर्सी विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा ध्यान दिनु पर्ने उनले बताए ।

लोक राज पाण्डेय (आगो) ले विद्यालय २८ वर्ष पुग्दै गर्दा विद्यालयका संस्थापक जगवीर थापाले शिक्षा क्षेत्रको विकासका लागि निरन्तर समर्पित रही करिब २० हजार भन्दा बढी विद्यार्थीलाई शिक्षादान गर्दै उच्च शिक्षा प्रदान गरिरहेको योगदानको साथै, उनले विद्यालयले स्थानीय शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान प्रति आभार व्यक्त गरे ।

त्यस्तै आगो ले कार्यक्रममा नगरपालिकाले संस्थागत विद्यालयहरूसँग सहकार्य गर्दै शिक्षा सुधारका लागि गरिरहेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

Loading...