अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई साल्ट ट्रेडिङ्गको सहयोग

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले विभिन्न सामग्री सहयोग गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवरका अनुसार विद्यालयलाई ९० वटा स्कुल झोला, केही सपिङ्ग ब्याग, भेष्ट तथा एक बोरा आयोडिन नुन प्रदान गरिएको छ ।

उनले फेब्रुअरी महिनालाई सरकारले आयोडिन महिना रूपमा मनाउने भएकाले सो अभियान अन्तर्गत विद्यालयमा सामग्री वितरण गरिएको बताए । साथै, उनले साल्ट ट्रेडिङ्गले प्रदेशभर १५ विद्यालय, १० स्वास्थ्य चौकीमा सामग्री वितरण गर्नुका साथै ५ वटा हाटबजारमा माइकिङ गरी आयोडिन सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

Loading...