कञ्चनपुरमा अति विपन्न परिवारका लागि घर निर्माण सुरु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का अति विपन्न परिवारका लागि घर निर्माण कार्य सुरु भएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको साझेदारीमा नगरपालिकाले यो योजना अघि बढाएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

नगर प्रवक्ता लाल बहादुर ऐरका अनुसार सिमलखेत क्षेत्रमा ११ अति विपन्न परिवारका लागि घर निर्माण कार्य शुक्रबार देखि सुरु गरिएको छ । नगरपालिकाले २५ लाख रुपैयाँ, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले संयुक्त रूपमा २५ लाख रुपैयाँ उपलब्ध गराउनेछन् । बाँकी रकम श्रमदान मार्फत जुटाइनेछ, जसले गर्दा कुल लागत ७० लाख रुपैयाँ पुग्नेछ ।

Navadurga sun

नगरपालिकाकी उपप्रमुख कल्पना पन्तले आगामी दिनमा अन्य वडाका विपन्न परिवारका लागि पनि घर निर्माण गर्ने योजना रहेको बताइन् । उनले यसका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य भइरहेको जानकारी दिइन् । उनले घर पाएपछि विपन्न परिवारको झुपडीमा बस्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन् । शुक्रबार उपप्रमुख पन्तले निर्माण हुन लागेका ११ वटा घरको शिलान्यास गरेकी थिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...