

धनगढी- कैलालीको गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।




बैतडीको पुर्चौडी नगरपालिका-१० घर भई हाल कैलालीको गोदावरी नगरपालिका-१ बस्ने २८ वर्षीय विशाल महरा र कैलालीको गोदावरी नगरपालिका-२ बस्ने १८ वर्षीय किसन भट्ट लागूऔषध सहित पक्राउ परेका हुन् ।


गोदावरी नगरपालिका-१ धनगढी रोडमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट ७१० मिलिग्राम लागूऔषध (खैरो हिरोइन) फेलापारी बरामद गरि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुह र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ ।

