बाँकेका १५ वटा वडा बालविवाह मुक्त घोषणा





बाँके, १५ भदाै– बाँकेका १५ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । ८१ वडा रहेको बाँकेमा नेपालगञ्जका ४, जानकीका ४, खजुराका ३, कोहलपुरका ३ र बैजनाथको एउटा वडा बालविवाह मुक्त घोषणा भएका छन् ।


बाँकेलाई चालू आर्थिक वर्षको अन्त्यसम्म बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारी रहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले बताए । बाल विवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ ।



