अत्तरियाका कार्कीले गरे आमाको स्मृतिमा मन्दिरलाई सहयोग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ का सागर कार्कीले आमा कुमारी कार्कीको स्मृतिमा मन्दिरलाई सहयोग गरेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर-१ स्थित पृथ्वीनगर टोलको शिव मन्दिरलाई कार्कीले ५० हजार ५५५ रुपैयाँ सहयोग गरेका हुन् ।

सो रकमले मन्दिर परिसरमा धुनीघर निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका सचिव बाबुराम बलमपाकीले बताए । हाल कोरियामा रहेका कार्की विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

Loading...