धनगढीमा श्रीप्रसादम् कार्यक्रमको उद्‌घाटन हुँदै, २० रुपैयाँमा खाना खुवाइँदै

धनगढी- धनगढीमा श्रीप्रसादम् कार्यक्रमको उद्‌घाटन हुने भएको छ । शिवरात्रीको अवसरमा श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीज्यू महाराजबाट भोली (बुधबार) उद्‌घाटन हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको अवसरमा रु २० मा शुद्ध शाकाहारी भोजन खुवाइने छ । महाशिवरात्री पर्वको अवसरमा सिद्धाश्रमका योगेश्वर, परमहंस स्वामी, सदगुरूदेवहरुको सहभागिता रहने छ ।

कार्यक्रममा सबैलाई सहभागि भएर कार्यक्रमको सोभा बढाईदिन आयोजकले अनुरोध समेत गरेको छ ।

Loading...