धनगढीका पाँच सामुदायिक बिद्यालयमा अध्यायनरत १ हजार १८३ छात्रालाई पोसाक वितरण

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषको रकमले छात्राहरूलाई विद्यालय पोसाक वितरण थालिएको हो ।

नगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले कोषमा जम्मा भएको ५७ लाख ४० हजार सात सय ५० रुपैयाँबाट विद्यालय पोसाक वितरणको काम सुरु भएको बताएको छ ।

धनगढी उपमहानगरपालिकाका पाँच वटा नमुना विद्यालयहरूका छात्राहरूलाई पोसाक वितरण थालिएको हो । धनगढी उपमहानगरपालिकाको भवानी माध्यमिक विद्यालय, ठेकराज माध्यमिक विद्यालय, शिद्धनाथ माध्यमिक विद्यालय, बेहडाबाबा माध्यमिक विद्यालय र चन्द्रदोय माध्यमिक विद्यालयका एक हजार एक सय ८३ छात्रालाई एक जोड सट र पाइन्ट, एक जोड ट्राउजर र भेस्ट, एक झोला, २ जोड जुत्ता, दुई जोड मोजा र एक सुइटरका दरले छात्राहरूलाई पोसाक वितरण गरिदैछ ।

भवानी माध्यमिक विद्यालय र शिद्धनाथ माध्यमिक विद्यालयमा पोसाक वितरणको काम सकिएको नगर प्रमुख हमालको सचिवालयले बताएको छ। तीन वटा विद्यालयहरूमा विद्यालय पोसाकको काम बाँकी रहेको छ । बैँक तथा वित्तीय संस्था र अन्य विभिन्न संस्थाहरूले कोषमा रकम जम्मा गरेका थिए ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकला कुमारी राना, वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागितामा संस्थाका प्रमुख तथा प्रतिनिधिमार्फत नै पोसाक वितरण गर्दै छन् ।

Loading...