बैतडीमा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

बैतडी । दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गर्दै उक्त एम्बुलेन्स प्रदान गरेको हो।

Dadeldhura hospital

सोमबार नगर प्रमुख पुष्करराज जोशीले वडा नं ९ का अध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का अध्यक्ष जयदत्त पन्तलाई संयुक्त रूपमा एम्बुलेन्स हस्तान्तरण गरे। यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीमा रहेको एम्बुलेन्स मर्मतपछि जोशीबुङ्गा स्वास्थ्यचौकीमा हस्तान्तरण गरिएको हो।

Godawari sandesh
Navadurga sun

यो सेवाले वडा नं ९ र ११ का आकस्मिक बिरामी, गर्भवती तथा सुत्केरी आमाहरूलाई सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

 

Loading...