कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित पाँच जना पक्राउ

धनगढी । कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। सोमवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वासबाट तीन जना पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–७ जोखरतालका एक किशोरको साथबाट १ ग्राम १६० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

यस्तै धनगढी उपमहानगरपालिका–३ चौराहाबाट धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय रुस्तम रानाले चलाएको सुदूरपशिच्म प्रदेश ०१०१२ प २०६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम १०० मिलिग्राम लागूऔषध बरामद गरि अस्थाइ प्रहरी पोष्ट विशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–११ को ७ नम्बर पिल्लरबाट भीमदत्त नगरपालिका–७ का २२ वर्षीय उमेश खड्का र भीमदत्त नगरपालिका–१ का २८ वर्षीय मनोज कुँवर पक्राउ परेका छन्।

भरतबाट नेपाल आउने क्रममा चेकजाँच गर्दा उमेश खड्काको साथबाट शुन्य दशमलव ४६ ग्राम लागूऔषध बरामद गरि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको, छ।

यस्तै पुनर्वास नगरपालिका–१ गणेश बस्तीमा स्थानीय २२ वर्षीय सुरेश रानाको घरमा खानतलासी गर्दा ९ ग्राम ६३० मिलिग्राम लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...