सुदूरपश्चिममा १० प्रदेश सांसदले गरे सनाखत (नामवली सहित)

अत्तरिया, १५ भदाै– सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने नेकपाका एमालेका १० सांसदले सनाखत गरेका छन् । बाँकी चार जनाले भने भोलि सनाखत गर्ने जनाइएको छ । सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट, भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी, प्रमुख सचेतक दर्गा बिक, सांसदहरु अमर साउँद, कुलबिर चौधरी, बलबहादुर सोडारी र सुशीला बुढाथोकी रहेका छन् ।

Dadeldhura hospital

यसमध्ये आन्तरिक मामिला तथा कानून मन्त्री जोशी र पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री भट्ट एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत हुन् । एमाले परित्याग गरेर १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेको मन्त्री जोशीले जानकारी दिइन् ।

Navadurga sun
Godawari sandesh

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री अर्चना गहतराज, पूर्व सचेतकसमेत रहेका सांसद तारालामा तामाङको आज डकुमेन्ट नपुगेकाले आउन नसकेको मन्त्री जोशीले बताइन् ।

निर्वाचन आयोगले सनाखतका लागि भदौ २२ गतेसम्मको समय दिएपनि नयाँ दल रोजेका एमालेका १० जना सांसदहरू भने आजै निर्वाचन कार्यालय पुगेका छन् । अहिलेसम्म सनाखत गर्नका लागि १० जनामात्रै पुगेको भन्दै डकुमेन्ट नपुगेको हुँदा चार जनाको भोलि सनाखत हुने मन्त्री जोशीले जानकारी दिइन् ।

Loading...