



धनगढी । कैलालीमा अवैध काठ सहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ। जिल्लाको टीकापुर नगरपालिका–६ का कमल चौधरीले चलाएको से १ त४६३८ नम्बरको ट्याक्टरमा अवैध रुपमा साल जातको काठ २ गोलिया ओसार पोसार गरिरहेको अवस्थामा ट्याक्टर र चालकलाइजिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले शनिवार नियन्त्रणमा लिएको हो।


उक्त ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय भजनी कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।

