

बाजुरा । बिहे भोजमा झडप हुँदा बाजुरामा एक युवकको मृत्यु भएको छ । बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा दुई समूहबीच झडप हुँदा घाइते भएका सोही नगरपालिकाको ९ नम्बर वडाका २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो ।




जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बिहीबार राति बिहे भोजमा झडप हुँदा थापामाथि मुस्ली ९ओखलमा कुट्ने हतियार० प्रहार गरिएको थियो । ुमुस्ली प्रहारबाट गम्भीर घाइते भएका थापाको शुक्रबार अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो,ु डीएसपी गिरीले भने ।


घटनाका तीन जना आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए । उनका अनुसार पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-७ वाइलका दिर्घ बिष्ट, खेम बिष्ट र लोकेन्द्र खड्का रहेका छन् ।
ुबिहे भोजमा आगो ताप्ने क्रममा दिर्घ बिष्टले आफूलाई सबैले दाई भन्नुपर्ने बताएपछि विवाद सुरु भएको बुझिएको छ,ु डीएसपी गिरीले भने, ुविवाद बढेपछि थापामाथि मुस्ली प्रहार भएको बताइएको छ । थप अनुसन्धान भइरहेको छ ।ु

