बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित

कञ्चनपुर । कञ्चनपुरमा बेहुला बेपत्ता भएपछि विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनअघि देखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवती सँग विवाहको लगनगाँठो तय भएको थियो।

फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन्। रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएकोछ। आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन्।

Navadurga sun

विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए । ‘सबै तयारी पूरा भइसकेको थियो। भाइ र मैले दुवै जना खटेर आफन्तलाई निम्तोसमेत बाँडिसकेका थियौँ’ उनले भने ‘कोट लिन धनगढी गएको भाइ माघ ३० बाट सम्पर्कविहीन छन्।’

सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले बताए । उनले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले सम्पर्कविहीन दुलहा खोजीकार्यका लागि मौखिक जानकारी आएको बताए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...