कञ्चनपुरबाट खैरो हेरोइनसहित भण्डारी पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट खैरो हेरोइनसहित बैतडीका कमल भण्डारी पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा बैतडीको पाटन नगरपालिका–६ बस्ने २८ वर्षीय कमल भण्डारी खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

भण्डारीलाई ८१० मिलिग्राम खैरो हेरोइनसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...