कैलालीको अत्तरियाबाट जनक १० दिन देखि वेपत्ता

अत्तरिया- डोटीको केआईसिंह गाउँपालिका ५ का ३५ बर्षीय जनक रावल १० दिनबाट कैलालीको अत्तरियाबाट वेपत्ता भएका हुन ।

दिल्लीबाट नेपाल आउँदै गरेका रावल अत्तरिया सम्म पगेको जानकारी भएपनि त्यपछि कता गएभन्ने जानकारी नआएको बताएका छन् ।

उनीसँगै भारतबाट राजगारी गरेका व्यक्ति घर पुगिसके पनि जनक अहिलेसम्म न त घरमा गुगेको न त कुनै सम्पर्क हुन सकेको उनका आफन्तको भनाई छ ।

उनका भतिजा इन्द्र रावलले यदि कसैले उनलाई देखेको खण्डमा नजिकैको प्रहरी चौकी वा परिवारलाई खबर गरीदीन अनुरोध गरेका छन् ।

Loading...