

धनगढी- धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ परेका छन् ।




धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा खेतबारीको टहरा भित्र जुवातास भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अबनिश सिंह सहित चार जना जुवाडे पक्राउ परेका हुन् ।


उनीलाई नगद १९ हजार ३२५, २ गड्डी तास र मोटरसाईकल २ थान सहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको छ ।

