नेपाल भारतमैत्री संघ अत्तरिया उपशाखाको १३ औँ बार्षिक मैत्री सभा सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा नेपाल भारतमैत्री संघ अत्तरिया उपशाखाको  १३ औँ बार्षिक मैत्री सभा सम्पन्न भएको छ । सभाको बन्द सत्रले आगामी  ३ वर्ष को लागि  हरिप्रसाद ओझा कै पुरानै कमिटीलाई निरन्तरता दिएको छ  ।

Dadeldhura hospital

जसको उपाध्यक्षमा डिल्लीराज ओझा सचिवमा रतन कार्की चयन भएका छन् । कमिटीमा १५ जना सदस्य रहेका छन् । अत्तरिया उप– शाखामा १ सय ४० सदस्य रहेका छन् ।

Navadurga sun
Godawari sandesh

शाखाका सभापति हरिप्रसाद ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुर, केन्द्रिय सदस्य जागृती बोगटी, केन्द्रिय सदस्य पुष्पराज जोशी, संघका कैलाली अध्यक्ष राजिब गुप्ता लगायतका रहेका थिए । कार्यक्रममा सहभागीहरुले नेपाल भारतको सम्बन्धको बारेमा  चर्चा गरिएको थियो ।

Loading...