कैलालीबाट भन्सार छलीका सामान बरामद

Dadhaldhura pur

धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट, धनगढी उपमहानगरपालिका–३ मिलन चोक, धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी, धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट र गोदावरी नगरपालिका–४ गोदावरी वनदेवी मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ४२ हजार ५८० बराबरको सामान बरामद गरिएको हो।

Ganyapdhura gau

भन्सार छलीका सरप, साबुन, सुटपिस, लेहेङ्गा, टोपी, बुदिया, खेलौना, भाँडा बर्तन, गाडीका फिल्टर, झुमर लाईट, वाल लाईट, बाउण्ड्री लाईट, लिड लाईट, बच्चाको खेलौना लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...