सरकारले प्राथमिकताका आधारमा विकास निर्माणको काम गरिरहेको छ : मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारले प्राथमिकताका आधारमा विकास निर्माणको काम गरिरहेको बताएका छन् ।

कैलारी गाउँपालिका–२ उजलीसेमरमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सवको उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले विकास निर्माणको पहिचान गर्न आवश्यक रहेको औंल्याउँदै भने, “बढीभन्दा बढी जनता जोडिने र प्रतिफल दिने कार्यका लागि हामी एक ठाउँमा हुनुपर्दछ।”

Navadurga sun

प्रदेश सरकारले शैक्षिक क्षेत्रमा सुधारको प्रयास गरिरहेको उनको भनाइ थियो। सरकारले बजेट निर्माण गर्ने बेलामा शिक्षण क्षेत्रको संरचना निर्माणका लागि थुप्रै माग आउने गरेको उल्लेख गर्दै उनले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट दिने गरेको बताए । “आवश्यकता कहाँनिर छ, तत्काल हामीले सम्बोधन गर्नु पर्ने कुन हो ?

विद्यार्थी, शिक्षकको चाप, पठनपाठनको स्तर हेरेर सरकारले बजेट दिने गरेको छ”, मुख्यमन्त्रीले भने । मुख्यमन्त्री शाहले प्रदेश सरकार एउटा मापदण्ड बनाएर अगाडि बढेको उल्लेख गरे । सीमित स्रोत, साधनको बिच राज्यले शैक्षिक क्षेत्रको निरन्तर विकास गरिरहेको उहाँको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति टीकादेवी चौधरी भुल, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी लगायतले मन्तव्य राखेका थिए । यसैबीच, मुख्यमन्त्री शाहले विद्यालयको छात्रावासको पनि उद्‌घाटन गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...