लोकसेवा र शिक्षा सेवा तयारी कक्षा गोदावरीमा निःशुल्क सञ्चालन गरिदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क लोकसेवा आयोग र शिक्षा सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै लोक सेवाको चौथो र पाँचौँ तथा निमावि, प्राविको तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने जनाएको हो ।

तालिममा महिला, दलित, जनजाति, अपाङ्गता भएका र आर्थिक अवस्था कमजोर भएका व्यक्ति सहभागी हुन सक्ने जनाइएको छ ।

आर्थिक अवस्था कमजोर भएको हकमा भने वडा कार्यालयको सिफारिस चाहिने छ । तयारी कक्षामा सहभागिताका लागि फागुन १६ गते भित्र नगरपालिकामा आवेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज जोशीले जानकारी दिए । तयारी कक्षा एक महिना सञ्चालन हुने जनाइएको छ । 

Loading...