आपसमै आरोप प्रत्यारोपमा जनमोर्चा

अत्तरिया- राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशमा विवाद चुलिएपछि समानान्तर कमिटी गठन भएको छ । समानान्तर कमिटी गठनपछि दुई पक्ष आपसमै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

Dadeldhura hospital

समानान्तर कमिटीका अध्यक्ष लोकेन्द्र लम्सालले अर्को पक्षले आफूहरुको चरित्र हत्या गर्ने गरि कपोल्कल्पित हल्ला फिजाइएको बताएका छन् । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले पदमा बस्न नपाएकाहरुले आफूहरुमाथि विभिन्न आरोप लगाइरहेको बताए ।

Navadurga sun
Godawari sandesh

राजनीतिक चरित्र हत्या गर्न खोजेको र आर्थिक प्रलोभनको गलत प्रचार गरेको उनले बताए । ‘हामीले कसैसंग केही बार्गेनिङ गरेका छैनौं,’ उनले भने ।

आवश्यक परे सुदूरपश्चिमबाटै पार्टी चलाउन सक्ने हैसियत रहेको उनले बताए । ‘हामीहरुको क्रातिकारी लाइन हो,’ उनले भने, आवश्यक परे सुदूरपश्चिमबाटै पार्टी चलाउन सक्ने हैसियत राख्छौं ।’ उनले आफूहरुले कुनै पार्टीमा प्रवेश गर्नका लागि सजाल नबनाएको प्रस्ट पारे ।

Loading...