गोदावरी क्षेत्रका मौलिक कथाहरू पुनःलेखन गर्दै विद्यार्थीहरू सक्रिय

गोदावरी नगरपालिका अन्तरगत ज्ञानज्योति, होलील्यान्ड र मोहना मोन्टेसरी विद्यालयका विद्यार्थीहरू गोदावरी क्षेत्रका मौलिक कथाहरू पुनःलेखन गर्ने कार्यमा संलग्न भएका छन् । यो विशेष कार्यक्रम गोदावरी आविष्कार केन्द्रमा आयोजित भएको हो ।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले गोदावरी क्षेत्रका स्थानीय संस्कृति, इतिहास तथा परम्परागत कथाहरू संकलन गरी पुनःलेखन गरिरहेका छन् । यस प्रक्रियाले नयाँ पुस्तालाई स्थानीय मौलिक सम्पदासँग जोड्ने विश्वास गरिएको छ ।

यस अवसरमा गोदावरी क्षेत्रका अग्रज तथा सरोकारवालाहरूलाई मिति २०८१ फागुन ३ गते दिउँसो १:०० बजे आयोजना हुने कथा श्रवण कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ ।

कार्यक्रममा सहभागी लक्ष्मी बोहराले गोदावरी आविष्कार केन्द्र, प्रशिक्षक तथा लेखक विजयराज आचार्य प्रति आभार व्यक्त गर्दै यस्तो सिर्जनात्मक अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

गोदावरी क्षेत्रमा मौलिक कथाहरूको पुनर्लेखनमार्फत भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको आयोजकले जनाएको छ ।

Loading...