कार्यसम्पादन मूल्यांकनमा कैलालीमा धनगढी पहिलो, गोदावरी पाँचौँ स्थानमा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा धनगढी उप-महानगरपालिका पहिलो स्थानमा रहेको छ। धनगढीले ६३.३ अंक प्राप्त गरेको छ भने जानकी गाउँपालिका ६३.१ अंक सहित दोस्रो स्थानमा छ।

बर्दगोरिया गाउँपालिका (६२.७ अंक) तेस्रो, घोडाघोडी नगरपालिका (६१.७ अंक) चौथो, र गोदावरी नगरपालिका (५८.७ अंक) पाँचौँ स्थानमा रहेका छन्।

Navadurga sun

शीर्ष १० स्थानमा रहेका स्थानीय तहहरू
१. धनगढी उप-महानगरपालिका – ६३.३ अंक
2. जानकी गाउँपालिका – ६३.१ अंक
3. बर्दगोरिया गाउँपालिका – ६२.७ अंक
4. घोडाघोडी नगरपालिका – ६१.७ अंक
5. गोदावरी नगरपालिका – ५८.७ अंक
6. कैलारी गाउँपालिका – ५४.६ अंक
7. टीकापुर नगरपालिका – ५२.७ अंक
8. जोशीपुर गाउँपालिका – ५०.४ अंक
9. गौरीगंगा नगरपालिका – ४७.१ अंक
10. भजनी नगरपालिका – ४७.१ अंक

अन्तिम स्थानमा लम्की चुहा
यस कार्यसम्पादन मूल्यांकनमा लम्की चुहा नगरपालिका (४४.४ अंक), मोहन्याल गाउँपालिका (४०.५ अंक), र चुरे गाउँपालिका (३९.२ अंक) क्रमशः अन्तिम तीन स्थानमा रहेका छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते प्रदेश सरकार तथा स्थानीय तहको मूल्यांकन विवरण सार्वजनिक गरेको थियो। आयोगले मूल्यांकनमा चित्त नबुझे ७ दिनभित्र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन सकिने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...