धनगढी र अत्तरियामा टीभीएसको ‘अनस्टपेबल फ्रिडम’ अभियानको अनावरण

धनगढी- टीभीएस मोटरसाइकलले कैलालीको धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्स र अत्तरियाका लागि बागेश्वरी मल्टिमोटर्समा एक विशेष कार्यक्रम मार्फत ‘अनस्टपेबल फ्रिडम’ अभियानको औपचारिक अनावरण गरेको छ ।

अभियानको अनावरण धनगढीको बागेश्वरी अटोमोटिभ्समा बुधवार गरियो भने अत्तरियास्थित बागेश्वरी मल्टिमोटर्समा मंगलवार गरिएको थियो । बागेश्वरीका सञ्चालक प्रेम साउँदको अध्यक्षतमा भएको कार्यक्रममा यहाँका मोटरसाइकलका मेकानिकहरुको उपस्थिति रहेको थियो ।

यो अभियान टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भी एफडी र अपाचे आरटीआर १६०, २ भी रीफ्रेश बीटी मोडेलका लागि ल्याइएको हो। जसअन्तर्गत २ वर्षसम्म समस्यारहित लिमिटलेस राइडको सुविधा प्रदान गरिने बताइएको छ । जगदम्बा मोटर्सले बाइक पारखीहरूलाई दुई वर्षसम्म निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्रदान गर्दै ३१ हजारसम्मको बचतको अवसर दिने जनाएको छ ।

यो योजनाले ग्राहकहरूलाई सहज, सुरक्षित र चिन्तारहित यात्राको अनुभव दिने विश्वास कम्पनीको रहेको संचालक पण्डितले बताए । कार्यक्रममा सहभागी मेकानिकहरुले जगदम्बा मोटर्सले ग्राहकलाई लक्षित गर्दै नयाँ–नयाँ योजना ल्याउनु सकारात्मक कदम भएको बताए ।

आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा सुविधा आउनेमा उनीहरुले विश्वास व्यक्त गरे । कम्पनीले आफ्नो सम्पूर्ण मोटरसाईकल वा स्कुटरमा आजीवन वारेन्टीको सुविधा समेत प्रदान गर्ने जानकारी दिएको छ । 

Loading...