

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको छ।




दुवै प्रदेश प्रमुखबीच सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय धनगढीमा बुधवार भेटवार्ता भएको हो । उनीहरू बीच संविधानले दिएको अधिकारको दायरामा रहेर अन्तर प्रदेश समन्वर्य, असल र राम्रा काम अनुसरण गर्ने लगायत विषयमा कुराकानी भएको सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


गण्डकी प्रदेश प्रमुख भट्टलाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै प्रदेश प्रमुख मियाँले मायाको चिनो प्रदान गरेका थिए । सुदूरपश्चिम प्रदेशबाट प्रदेशको कार्यालयका प्रमुख नवराज ढुङ्गाना, प्रमुख स्वकीय सचिव साबिर अली लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

