आजदेखि ३० वर्ष माथिकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै

काठमाडौँ- निरोधात्मक विधिबाट रोगहरु विरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणा अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै आज देखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ । 

Dadeldhura hospital

गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते यसबारे निर्देशिका स्वीकृत गरेका थिए। यस लगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो । देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ ।

Navadurga sun
Godawari sandesh

अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भएर उपचार गराउने उद्देश्य सहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।

Loading...