डडेल्धुरामा जागरण भेला गर्ने भीम रावलको इच्छा

धनगढी । मातृभूमि जागरण अभियानका प्रस्तावक डा.भीम रावलले डडेल्धुरामा जागरण अभियानको कार्यक्रम राख्न आग्रह गरेका छन्। हिजो डडेल्धुरा पुगेका उनले राजनीतिक भेटघाटका क्रममा डडेल्धुरामा कार्यक्रम राख्न आग्रह गरेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

भेटघाटमा उनले आफ्नो अभियानमा सहयोग गर्न समेत आग्रह गरेका छन् । उनलाई भेट्न नेपाली काँग्रेस वीपीका नेताहरूको बाहुल्यता रहेको थियो भने केही अन्य दलका नेता समेत सहभागी थिए। रावलले दार्चुला र बैतडी जिल्लाको राजनीतिक भेटघाट सकेर धनगढी फर्किदा डडेल्धुरामा राजनीतिक भेटघाट गरेको थिए।

Navadurga sun
Godawari sandesh

नेकपा एमालेबाट विद्रोह गरेका रावल यतिबेला ‘मातृभूमि जागरण अभियान’का साथ गृह प्रदेश सुदूरपश्चिमको दौडधुपमा छन्। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले रावललाई पुस १० गते पार्टीको सङ्गठित सदस्य नै नरहने गरी निष्कासन गरेपछि
पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर जागरण अभियान घोषणा गरेका थिए।

 

 

Couple
Loading...