चोरीको मोबाइल लिन दुई समूह बीच झडप हुँदा एक जनाको मृत्यु

काठमाडौँ- चोरीको मोबाइल लिन दुई समूह बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराले बताए ।

Dadeldhura hospital

उनका अनुसार कुनै व्यक्तिको एउटा समूहले चोरेको मोबाइल अर्को पक्षले देख्छ, त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

‘यो घटनालाई हामीले समााजको बिम्बको रुपमा पनि लिएका छौं,’ एसपी बोहोराले भने । झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

Loading...