लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । कैलालीको धनगढी र गोदावरीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय खगेन्द्र चौधरी पक्राउ परेका छन्। चौधरीलाई ८९० मिलिग्राम लागूऔषधसहित लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरीलाई १ ग्राम ४७० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

उता गोदावरी नगरपालिका–५ गेटा स्थित भित्रि सडक खण्डबाट सोही ठाउँ बस्ने २७ वर्षीय महेश रानालाई ४९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...