महालक्ष्मी बैंक मसुरिया शाखाद्वारा सन्देशमुलक होर्डिङ बोर्ड हस्तान्तरण

अत्तरिया, १३ भदाै- कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ८ स्थित महालक्ष्मी विकास बैंक मसुरिया शाखाले सन्देश मुलक होर्डिङ बोर्ड हस्तान्तरण गरेको छ।

कोभिड-१९ बाट जोगाउन स्वास्थ्य जीवन शैली र व्यवहारमा मास्क प्रयोग सम्बन्धि सन्देश मुलक बोर्ड बैंकले ईलाका प्रहरी कार्यालय मसुरियालाई हस्तान्तरण गरिएको हो।

शाखा प्रबन्धक पदमबहादुर कठायत र मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद जोशीले संयुक्त रूपमा ईप्रका प्रमुख गोपाल कार्की र अस्थायी ट्राफिक पोस्ट मसुरिया प्रमुख जितमान धामीलाई ५ थान होर्डिङ बाेर्ड हस्तान्तरण गरिएकाे थियाे । बोर्ड हस्तान्तरण कार्यक्रम गरिसकेपछि मसुरिया बजारमा पैदल यात्रीलाई मास्क वितरण गरिएको थियो।

सरस्वती मावि उदाशिपुरका प्रअ दानबहादुर खातीले कोभिड-१९ ले समुदाय र शैक्षिक क्षेत्रमा परेका असरका बारेमा राज्यका निकाय जिम्मेवार जवाफदेही हुन नसकेको भन्दै सर्वसुलभ खोपको व्यवस्थापन सहित बालबालिकाको शैक्षिक भविष्यको बारेमा सोच्न आग्रह समेत गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...