युवा संघ नेपालका संयोजक र सह संयोजकलाई शपथ ग्रहण

अत्तरिया, १२ भदौ- कैलालीमा राट्रिय युवा संघ नेपालका संयोजक र सह संयोजकलाई आज शपथ ग्रहण गराइएको छ । गोदावरी नगरपालिका स्थित अत्तरियामा आयोजना गरिएको कार्यक्रममा जिल्लका १३ वटै स्थानीय तहका युवा संघका संयोजक र सह संयोजकलाई शपथ ग्रहण गराइएको हो ।

युवा संघ कैलाली जिल्लाले आयोजना गरेको युवा भेला प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज गजेन्द्र शाहीको उपस्थिति रहेको थियो ।

Navadurga sun

कार्यक्रममा एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रण बहादुर चन्द, युवा संघका स्थायी कमिटी सदस्य विनय शाह, एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट, युवा सङ्घ सुदूरपश्चिम संयोजक प्रकाश जोशी को समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा युवा सङ्घका गतिविधिहरू लाई अझै प्रभावकारी बनाउने बिषयमा नयाँ जिम्मेवारी पाएका पदाधिकारीहरूलाई प्रशिक्षण दिइएको थियो । युवा संघ कैलालीका अध्यक्ष गणेश महराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...