धनगढीका युवक मोहना नदीमा बेपत्ता

Dadeldhura hospital

धनगढी, ११ भदौ- कैलालीको मोहना नदीमा बगेर एक जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरन राना कञ्चनपुरदेखि कैलाली आउने क्रममा मोहोना राजघाट नदिमा बगेर बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनको खोजी कार्य भइरहेको उनले बताए।

धनगढी उपमहानगर वडा नम्बर ३ र कंचनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि अहिले आवागमन बन्द छ। स्काई फोल्डिङ पुल भने बाढीले बगाएको छ।

Loading...