खोलामा डुबेर वृद्धाको मृत्यु, डेढ सय घर डुबानमा

अत्तरिया, ११ भदाै– कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको मृत्यु भएको हो।

उनलाई स्थानीय चरेला खोलाले बगाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक भरत शाहले जानकारी दिए। उनका अनुसार खोलामा नुहाउने क्रममा थरुनी बगेर बेपत्ता भएकी थिईन।

Navadurga sun

त्यस्तै कैलालीकै जानकी गाउँपालिकामा बाढीले करिव डेढ सय घर डुबाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार वडा नं। ४ र ७ को बस्तीमा बाढी पसेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार वडा नं. ४ मा गिदरपुर, खरैला गाउँका ८० र वडा नं. ७ मा जवलपुर, शंकरपुर, मुनुवा गाउँका ५८ घर डुबानमा परेका छन।

पालिकाका अन्य वडामा समेत थप केही घर डुबानमा परेका छन। कर्णाली नदी अन्र्तगतको कुलरीया कुला (नदी) मा आएको बाढी गाउँ पसेको हो। यहाँ वर्षेनी कुलरीया कुलाले बाढीको समस्या निम्त्याउने गरेको छ। कर्णाली नदीले टीकापुर नगरपालिका–५ शाहीपुरमा निरन्तर कटान जारी राखेको छ। नदीमा पानीको बहाव घटबढ भएसँगै किनार छेउको भूभाग तिब्र कटान भैरहेको छ।

रानी जमरा कुलरीया सिँचाई आयोजना र स्थानीयले नदी कटान नियन्त्रणका लागि प्रयास गरिरहेका छन। नदीमा पानीको बहाव उच्च भएसँगै कटान नियन्त्रणको प्रयास विफल हुँदै गएको स्थानीय केशर रावलले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...