डोटीमा अटो दुर्घटना हुँदा ६ जना घाइते

डोटी- डोटीमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको दीपायल–सिलगढी नगरपालिका–४ बेडखोल्ले स्थित सडकमा बुधवार सवारी दुर्घटना भएको हो ।

रेडियो नेपालबाट पिपल्लातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ३४०६ नम्बरको अटो अनियन्त्रित हुँदा सडकबाट करिब २ मिटर तल खसेको थियो ।

दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका अटो चालक ४० वर्षीय रमेश दमाई घाइते भएका छन् । अटोमा सवार अन्य ५ जनासहित ६ जना घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि शैलेश्वरी अस्पताल, पिपल्ला लगिएको थियो। सबै घाइतेहरूको अवस्था सामान्य रहेको डोटी प्रहरीले बताएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...