टीकापुर भजनीमा डल्फिन सप्ताहव्यापी अभियान

अत्तरिया, ७ भदाै– टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन सर्किट क्षेत्रमा उक्त सप्ताहव्यापी अभियान सुरु गरिएको हो। अभियानको भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले आज उद्घाटन गरेका छन् ।

सप्ताहव्यापी अभियान अन्तर्गत भजनी नगरपालिका र टीकापुर नगरपालिकाको डल्फिन सर्किट क्षेत्रमा रहेर डल्फिनको बारेमा विभिन्न सचेतना मूलक कार्यक्रम गर्ने, प्रचारप्रसार, डल्फिन गणना, रचनात्मक कार्य गरिने आयोजक डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानले जानकारी दिए ।

Navadurga sun

आजबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम भदौ १३ गतेसम्म सञ्चालन हुने अध्यक्ष ढुंगानले बताए । अभियान टीकापुर नगरपालिका वडा नम्बर ७ र भजनी नगरपालिका वडा नम्बर ८ को सहयोग, नेपाल जैविक विविधता संरक्षण नेपालको सहकार्य र डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालको आयोजनामा सुरु गरिएको हो । सप्ताहव्यापी अभियान सञ्चालन भएको क्षेत्र मोहना, पथरैया र काढा नदिको संगमस्थलमा हरेक वर्ष वर्षादको समयमा डल्फिन देखिने गरेका छन् । त्यसको संरक्षणका लागि त्यहाँका नागरिकहरू २०५७ सालदेखि जुटिरहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...