रङ्गुन नदीमा बगेर डेल्धुराकी महिलाको मृत्यु

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ ।

स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताए। आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ ।

Navadurga sun

खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर टाढा बसगोइरा नजिक फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताए। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...