सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा सहभागी ४६ जना प्रदेशसभा सदस्यमध्ये ३१ जनाले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका छन् भने १५ जनाले विपक्षमा मतदान गरेका छन्।

मुख्यमन्त्री भट्टको पक्षमा नेकपाका २० र एमालेका ११ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन्। विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसदले मतदान गरेका छन्। कांग्रेसका तीन जना सांसद भने प्रदेशसभा बैठकमा अनुपस्थित रहे।

Navadurga sun

नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। एमाले र नेकपाबीच सत्ता साझेदारी गर्ने सहमति भएपछि तत्कालीन मुख्यमन्त्री तथा कांग्रेस नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारलाई सरकार सञ्चालनका लागि संवैधानिक आधार बलियो भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...