१७ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Dadeldhura hospital

अत्तरिया, ६ भदौ- कैलालीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...