

धनगढी- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौलाको मुख्य सडक खण्डबाट टीकापुर नगरपालिका–१ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरी पक्राउ परेका छन् ।




चौधरीलाई २ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


त्यसैगरी भजनी नगरपालिका–३ कुसुमघाटमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा जानकी गाउँपालिका–६ जगतपुर बस्ने २३ वर्षीय दिनेश कुमार साउद पक्राउ परेका छन् ।
साउदलाई ४१० मिलीग्राम खैरो हेरोइनसहित सशस्त्र प्रहरी कुसुमघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको छ ।

