सुदूरपश्चिम महोत्सव २०८१ को आज नवौं दिनमा आउने कलाकारहरू

धनगढी-  कैलाली उद्योग वाणिज्य संघले संचालन गरेकाे सुदूरपश्चिम महोत्सव आज नवौं दिनमा प्रवेश गरेकाे छ ।

महोत्सवमा आज आउने कलाकारहरु मुख्य आकर्षण केन्द्रविन्दु नायक पल शाह, गायिका  शान्ति श्री परियार, मोडेल रीतु चौधरी आउने भएका छन् भने कार्यक्रमको उद्घोषकको रुपमा कोष खड्का रहने छन् ।

त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको टिकट साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० निर्धारण गरिएको छ ।

Loading...