अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा रहेको जीवनज्योति महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष पुनम कार्कीको अध्यक्षता सम्पन्न साधारण सभामा प्रमुख अतिथि आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम रहेका थिए । त्यस्तै विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले सहकारी संस्थाको प्रगतिको कामना गर्दै आफ्नो उद्देश्यमा सफल भएको भनेर प्रशंसा गरे । उनले सहकारीहरुले महिलाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने, आयस्तर बढाउने, क्षमता अभिवृद्धि गर्ने लगायत कार्यमा सहकारी संस्था सदैव सक्रिय रहेको बताए ।
उनले शाहुमहाजनको चर्को ब्याजदरको ऋणबाट अन्त्य गर्नको साथै महिलाहरूलाई हरेक क्षेत्रमा अब्बल बनाउनको निम्ति सहकारी संस्थाहरूको स्थापना भएको भनाई रहेको छ । ‘जसले सदस्यहरूलाई सुलभ तरिकाले न्यून ब्याजमा ऋण प्राप्त गर्न दैनिक जीवनस्तर उकास्न आत्मनिर्भर बनाउने सहकारी संस्था हो’ उनले भने । विदेश पठाएको रकमले मात्र देश धानेको अवस्था रहेको बेला देशलाई टेवा पुर्याउने काम सहकारीले गरेको बताए ।
सदस्यहरूले संस्थामा जम्मा गरेको रकम, यसको सम्पति, हाम्रै हो भनेर संस्थामा सहकार्य गर्नका लागि एक आपसमा विश्वास हुनुपर्ने बताए । उनले महिलाहरूलाई स्वरोजगार, आयआर्जन तालिमका निमित्त प्रदेश सरकारबाट गर्न सक्ने सहयोग सदैव रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पुनम कार्कीले संस्थाले ‘एक को लागी सबै र सबैको लागि एक भन्ने सहकारीको मान्यताका साथ गाउँ घरमा छरिएर रहेका पुँजीलाई एकत्रित गरी प्रत्येक सदस्यको घरघरमा पुगी सय पचास उठाएर फेरि तिनै सदस्यलाई लगानी गरी सदस्यहरूको आर्थिक जीवनस्तर उकास्न सहज बनाउने माध्यम जीवन ज्योति सहकारीले गरिरहेको बताईन् ।
उनले समूदायमा आधारित गुणस्तरिय प्रविधियुक्त दिगो वित्तिय सहकारी तथा सहकारीको मूल्य मान्यता र सिद्धान्तको परिपालना गरी जिम्मेवार संचालक दक्ष जनशक्ति र नविनतम प्रविधिको प्रयोग मार्फत वित्तिय तथा गैह्रवित्तिय (तालिम, शिक्षा, परामर्श, मल विक्री, शुपथ मुल्य पसल, कोशिली घर र प्लास्टिक झोला विस्थापित गरी वातावरण मैत्रि कपडाको झोला उत्पादन र वितरण) गरीरहेको छ ।
विभिन्न सेवा उपलब्ध गराई सदस्यहय्को आर्थिक सामाजिक सांस्कृतिक विकास गर्ने अभियानका साथ संस्थाका गतिविधिहरु संचालन गरी सहकारीको दिगो विकासमा टेवा पुर्याई आएको उनले बताइन् । त्यसैगरी संस्थामा आबद्ध सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा मात्र नभएर वित्तिय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका सवालमा समेत महत्वपूर्ण अभियानहरू संचालन गरीरहेको बताईन् । उनले सहकारीमा सदस्य मैत्री सेवा, सेवाग्राहीको हित साथमा सरल र सहज ढंगले ऋण लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तिय क्षेत्रको विकासमा निरन्तरताका साथ अझै गुणस्तरिय एवम् प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै सभाको संस्थाको आय–व्यय प्रगती प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०\०८१ मसान्तमा कुल सम्पति २९ करोड ५७ हजार बराबरको रहेको छ । संस्थाले ०८०\०८१ मा गरेको कारोबारबाट ५७ लाख २९ हजार १८५ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै संस्थाको निक्षेपतर्फ गत वर्षको भन्दा २०.३५ प्रतिशतले वृद्धि भएर २१ करोड २६ लाख ८५ हजार रकम बराबरको बचत संकलन गरेको छ भने २० करोड ५५ लाख बराबरको रकम कर्जामा लगानी गरेको जुन गत वर्षको भन्दा ९.३७ प्रतिशतले वृद्धि भएको र जगेडा कोषमा २ करोड ६६ लाख ८४ हजार रकम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हालसम्म ३ हजार ३सय १ जना शेयर सदस्यहरु रहेका संस्थाको कुल जम्मा ३ करोड ४ लाख १३ हजार शेयर पूँजी रहेको छ । साथै संस्थाले आव २०८०/०८१ मसान्त सम्ममा शेयर पूँजी ३ करोड ५२ लाख ५५ हजार ४०० पुगाउन सफल भएको छ ।
सभामा विशिष्ठ अतिथिमा आमन्त्रित सुदूरपस्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटालाई संस्थाकी अध्यक्ष पुनम कार्कीले संस्थाको तर्फबाट माग पत्र पेश गरेकी थिईन् । संस्थामा आबद्ध सदस्यहरुलाई थप रोजगार सृजना गर्न, आय आर्जन तर्फ लैजान, व्यापार व्यवसायीमा प्रवद्र्धन गर्न धाका उद्योग सञ्चालन सहयोगका लागी माग पत्र पेश गरिएको थियो ।
त्यस्तै सभाको अवसर पारेर संस्थाले हरेक वर्ष झै १० जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट, व्यवसायी किसान,असल ऋणीहरुलाई सम्मान गरेको थियो । सभाको कार्यक्रम सञ्चालन व्यवस्थापक क्षेत्रा साउदले गरेकी थिइन् ।
कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकाया सहित विभिन्न वडाका जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।