कृष्णपुरका २० दलित घरपरिवारलाई राहत वितरण

अत्तरिया, ५ भदौ- कृष्णपुर नगरपालिका वडा नं.८ राजघाटमा विपन्न तथा गरिब दलित बर्गका २० घरपरिवारलाई राहत वितरण गरिएको छ। कोभिड-१९ का कारण जनजीवन प्रभावित हुदै गएको र दलित वर्गमा छाक टार्न धौ-धौ भएकाले गरिब विपन्न दलित बस्तीमा मानवीय सेवा गर्ने हेतुले राहत वितरण गरिएको नेपाल ग्रामिण विकास संघका संयोजक राजेन्द्र नेपालीले बताए ।

Navadurga sun

राहत वितरण गर्दा १ कट्टा चामल, १ लिटर तेल, २ के.जी. दाल, १ पोका नुन, खुर्सानी तथा सरसफाईका लागि सावुन वितरण गरिएको थियो ।
Divine Ministries India ले हर्वेष्ट फाउन्डेसन तथा अन्य गैर सरकारी संस्थाहरु संग मिलेर निरन्तर कोभिड राहत वितरण गर्दै आएको जानकारी हर्वेष्ट फाउन्डेशन नेपालका Co-ordinator प्रकाश नेपालीले बताए । साथै अगामी दिनमा पनि यस्तो किसिमको राहत वितरण कार्यक्रमलाई निरन्तरता दिइने जानकारी संयोजक नेपालीले बताए ।

उक्त राहत वितरण कार्यक्रमको प्रमुख अतिथी साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष जय सिंह बिष्ट रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल ग्रामिण विकास संघका अध्यक्ष भरत नेपाली रहेका थिए । कार्यक्रमको संचालन संस्थाका संयोजक राजेन्द्र नेपालीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...