सृजनशिल महिला विकास सहकारीको २१ औँ वार्षिक साधारणसभा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २१औँ वार्षिक साधारण सभा विशेष कार्यक्रम सहित सम्पन्न गरेको छ। बिहीबार आयोजित औपचारिक कार्यक्रममा संस्थाले रक्तदान र सरसफाइ कार्यक्रम पनि समावेश गरेको थियो।

सभाको पुर्वसन्ध्यामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। संस्थाकी अध्यक्ष भावना खड्काले हरेक महिनाको एक दिन सरसफाइ कार्यक्रम सञ्चालन गर्ने नीतिअनुसार यो कार्यक्रम सुरु गरिएको बताइन्। “स्वच्छ वातावरणले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने सन्देश दिन यो कार्यक्रमले ठूलो भूमिका खेल्नेछ,” उनले भनिन्।

Navadurga sun

साधारण सभाको अवसरमा “रक्तदान नै जीवनदान” भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। स्याउले बजार व्यवस्थापन समितिसँगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा उल्लेख्य संख्यामा सहभागीता देखिएको थियो। खड्काका अनुसार, “रगत अभावका कारण कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य राखी कार्यक्रम आयोजना गरिएको हो।”

त्यस्तै सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा २६ करोड ३८ लाख ८ हजार ८४१ रुपैयाँको कारोबार गरेको छ। उक्त कारोबारबाट संस्थाले ५२ लाख ३० हजार ५५० रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। सहकारीको आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले निरन्तर प्रगति गर्दै आएको छ।

साधारण सभाले सहकारीको आगामी योजनाहरूलाई समेत छलफल गरी अनुमोदन गरेको छ। स्थानीयस्तरमा आर्थिक विकास र सामाजिक गतिविधिमा योगदान पुर्‍याउँदै आएको सृजनशील सहकारीको यो कार्यले समुदायलाई सकारात्मक सन्देश दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...