गण्डकी प्रदेश सभा सांसद विमला गौचनको निधन

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाका अनुसार उनी अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। डेंगी संक्रमित उनलाई राति हृदयघात भएको बताइएको छ।

Navadurga sun

गौचनको शव अस्पतालमै राखिएको उनले बताए । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिए।

यस अगाडि दामोदर कुण्ड गाउँपालिकाको दामोदर कुण्डको अवलोकनका लागि गएको समयमा पनि उनी बिरामी परेपछि नेपाली सेनाले उद्धार गरेको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...