गण्डकी प्रदेश सभा सांसद विमला गौचनको निधन

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाका अनुसार उनी अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। डेंगी संक्रमित उनलाई राति हृदयघात भएको बताइएको छ।

गौचनको शव अस्पतालमै राखिएको उनले बताए । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिए।

यस अगाडि दामोदर कुण्ड गाउँपालिकाको दामोदर कुण्डको अवलोकनका लागि गएको समयमा पनि उनी बिरामी परेपछि नेपाली सेनाले उद्धार गरेको थियो।

 

Loading...