६ लाख बढीको भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान धनगढी–१ एल।एन। चोक, धनगढी–२ रामजानकी मन्दिर नजिक, धनगढी–३ चटकपुर, भजनी–३ तिरनिमा, भजनी–७ कुटी र भजनी–८ कांडा ढिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ६ लाख ४४ हजार २ सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको आलु, हरियो खुर्सानी, बदाम, एलईडी टिभी, कोट, पाईन्ट कपडा, लेहिंगा, सुटपिस, पाईन्ट, माछा, सिद्रा माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बुधवार फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...